सरकारले कर बुझाउन दियो असार २५ गतेसम्मको समय


काठमाण्डु – आन्तरिक राजश्व विभागले कर विवरण तथा दाखिला गर्ने म्याद थप गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाका कारण तोकिएको समयमा कर बुझाउनुपर्ने विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाईका कारण समय थप गरिएको विभागले जनाएको छ ।

विभागले मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम गत चैत र वैशाखको मासिक तथा चैत र वैशाखको द्विमासिक अवधिको मूल्य अभिवृद्धि करण विवरण र सो विवरण बमोजिम कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement