तयारीबिना प्रधानमन्त्री ओलीको युरोप यात्रा


काठमाडौं – प्रधानमन्त्री केपी ओली नौ दिने युरोप यात्रा पूरा गरेर आइतबार स्वदेश फर्कंदै छन्। परराष्ट्र मन्त्रालयले पर्याप्त तयारी नगरे पनि प्रधानमन्त्री ओलीले भ्रमणलाई सबल बनाएका छन्। निकै व्यस्त हुने गरी भ्रमणतालिका तय गरिएको थियो। यो भ्रमण नेपालका पुराना दुई हस्ती मुलुक बेलायत र फ्रान्ससँगको सम्बन्धमा नयाँ आयाम थपिएको सरकारी दाबी छ।

भ्रमणपछि भएको समीक्षामा प्रधानमन्त्री ओली परराष्ट्रले गरेको तयारीमा खुसी नभएको भ्रमण दलका एक सदस्यले बताए। उनले भने, ‘भ्रमण केही नमिले जस्तो भयो। यस्ता विषयमा कूटनीतिक कर्मचारी चुक्न हुँदैन।’

‘तपार्इंहरू सक्रिय भएर काम गर्नुहोस्। अन्य मुलुकले कसरी काम गरिरहेका छन् त्यो पनि ख्याल गर्नुहोला रु अध्ययन(अनुसन्धान र नियमित अन्तरक्रिया बढाउनुहोस्,’ स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले युरोपका राजदूतहरूलाई जेनेभामा भेला गरेर दिएको निर्देशन उद्धृत गर्दै ती सदस्यले शनिबार अन्नपूर्णसित भने।

प्रधानमन्त्री ओलीले जेनेभा, बेलायत, फ्रान्स हुँदै पुन स् जेनेभामै पुगेर राजदूतहरूलाई नेपालको प्राथमिकता र पछिल्लो अवस्थाबारे ‘भनिरहनु नपर्ने’ भन्दै कुनै पनि कुरामा नचुक्न र छरितो हुन निर्देशन दिएका हुन्। अधिकांश राजदूतहरूले प्रधानमन्त्रीसमक्ष आफ्ना गुनासा राखेका थिए। यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement