काठमाण्डु– टीसीएल नेपालले पश्चिम नेपालका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउन बर्दियामा ‘डिलर मिट’ आयोजना गरेको छ।
यस कार्यक्रममा नवीनतम उत्पादनहरूको प्रदर्शनी, बजार प्रवृत्तिहरूको विश्लेषण, र डिलरहरूसँग दीर्घकालीन साझेदारीको रणनीतिहरू छलफल गरिएको थियो।
टीसीएल नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरूबारे विस्तृत प्रस्तुति दिएका थिए। पश्चिम नेपालका डिलरहरूले पनि व्यावसायिक अनुभव, चुनौतीहरू, र अवसरहरूबारे अन्तरक्रियात्मक सत्रहरूमा सक्रिय सहभागिता जनाएका थिए।
टिभी क्यूएलईडी टिभीहरूको ४के रिजोल्युशन, एयर कन्डिसनर, इन्भर्टर एयर कन्डिसनरको ऊर्जासक्षम प्रविधि तथा अन्य उत्पादनहरू, वासिङ मेसिन, रेफ्रिजरेटर, क्यासेट एसी, साउन्डबार, वाटर डिस्पेन्सर प्रदर्शनीमा प्रदर्शित उत्पादनहरू राखिएको कम्पनीले जनाएको छ।
कार्यक्रमको समापनमा डिलरहरूको सहयोगलाई सम्मान गर्दै एक भव्य रात्रि भोज र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। यस अवसरमा विभिन्न श्रेणीमा उत्कृष्टता हासिल गर्ने डिलरहरूलाई पुरस्कृत गरिएको थियो।
उच्चतम टर्न ओभर पुरस्कार : गौरव सप्लायर्स, तुल्सिपुर
निष्ठा उत्कृष्टता पुरस्कार : सुवेक्ष्य ट्रेड एण्ड सप्लायर्स, धनगढी
उदीयमान डिलर अफ द इयर : सिद्धि विनायक इलेकट्रोनिक्स, बुटवल
दीर्घकालीन सहयोगी पुरस्कार : गोदावरी इन्टरप्राइजेज, भैरहवा
उत्कृष्ट लेनदेन पुरस्कार : केदार टेलिकम, महेन्द्रनगर
टीसीएल नेपालले डिलरहरूलाई प्राविधिक प्रशिक्षण, विपणन सहयोग, र गुणस्तरीय सेवा प्रवाह जारी राख्ने बताएको छ।
टीसीएल नेपालको बारेमा–
टीसीएल एक अग्रणी विश्वव्यापी प्रविधि कम्पनी हो जसले टिभी, अडियो, स्मार्ट घरेलु उपकरण, र एयर कन्डिसनरहरू सहित उपभोक्ता इलेकट्रोनिक्स उत्पादनहरूको विस्तृत शृङ्खला प्रदान गर्दछ। टीसीएल मानिसहरूको जीवनलाई बढवा दिने नवीन र उच्च–गुणस्तरका उत्पादनहरू प्रदान गर्न प्रतिबद्ध छ।
प्रतिक्रिया