टिसिएलले ल्यायाे नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प


काठमाण्डु – आइएचएसबाट प्रमाणीत विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड टिसिएलले सम्पूर्ण एसीका ग्राहकबर्गहरुलाई लक्षित गरी नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ।

यस योजना अन्तर्गत ग्राहकबर्गहरुले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो एसीमा उचित मूल्याङकनका साथ टिसिएलको उच्च गुणस्तरिय एसीसँग साट्न सक्नेछन् ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र यो सुविधा ग्राहकहरूले घरमै बसि लिन सक्नेछ ।

यस याेजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टिसिएल एसी खरिद गर्दा २९ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ ।

नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाण्डु भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाण्डु बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।

प्रतिक्रिया दिनुहोस
Advertisement