चीनमा ‘सेक्सी चिया’ बिक्रेताले किन माग्याे माफी ?


एजेन्सी – चिनियाँ निर्मित पेय पदार्थ कम्पनीले आफ्नो उत्पादनहरुमा ‘सेक्सिस्ट’ नारा लेखेकोमा माफी माग्नु परेको छ । सामािजक सञ्जालहरुमा चर्को आलोचना भएपछि कम्पनीले आग्रह ग्राहकहरुसँग माफी मागेको हो ।

मगमा ‘सेक्सी चिया’ लेखेको भेटिएपछि चिया पसलको चर्को आलोचना भएको छ । पसलले यस अघि चिया झोलाको लागि ‘मास्टर, आई वान्ट यू’ नारा पनि राखेको थियो ।

कम्पनीले यसको उद्देश्य महिलाहरुलाई अपमान गर्नु नभएको बताएको छ । कम्पनीले यस्ता खालका मगहरु फिर्ता लिने बताएको छ । ‘सेक्सी टि शप’ले भर्खरै मगहरूको नयाँ दायरा शुरू गरेको छ । जुन मुख्य रूपले हुनान प्रान्तको राजधानीमा बोलिने भाषामा लेखिएको छ ।

कम्पनीले त्यसपछि यो लाइन कसरी एउटा वाक्यमा प्रयोग गर्न सकिन्छ भनेर उदाहरण दियो, ‘जब म चिया किन्न गएँ, त्यहाँ धेरै राम्रा केटीहरू थिए । यदि तपाईं त्यस्ता केटीलाई भेट्नुहुन्छ भने, तपाईं आफ्नो साथीलाई भन्न सक्नुहुन्छ – मैले कुरा गरे ।’

चिनियाँ सोशल मिडिया साइट वेइबोमा यो मगको तस्वीर वायरल भएको थियो । जसको चर्को आलोचना भयो ।

एक व्यक्तिले लेखे, ‘सस्तो मार्केटिंग हो ।’

त्यस्तै अर्का प्रयोगकर्ताले भनेका छन्, ‘त्यो मुहावरा अपमानजनक छैन – तर कम्पनीले यसलाई एक वाक्यमा प्रयोग गरेको उदाहरणलाई बेवास्ता गर्ने छ । के मार्केटिंग टोलीमा कसैलाई यसमा केही गल्ती भेटियो ?’

त्यसपछि कम्पनीले एक लामो बयान जारी गर्दै माफी मागेको छ ।

‘हामीले एउटा अत्यन्त अनुचित वाक्य बनायौं जुन स्थानीय बोलीमा पनि स्वीकार्य थिएन । हामी धेरै लज्जित छौं । हामी महिलालाई अपमान गर्न चाहँदैनौं’, बयानमा भनिएको छ, ‘हामी यस्ता मगहरूलाई तुरुन्तै फिर्ता लिएर यस घटनालाई गम्भीरताका साथ लिनेछौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement