अब एउटै शिक्षकले सबै विषय पढाउनु पर्ने 

अब एउटै शिक्षकले सबै विषय पढाउनु पर्ने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कक्षा १–३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ। हाल पृथक् विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन्।

आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदैछ। सोअनुसार कक्षा १–३ का शिक्षकले सो तहमा लागू हुने सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ। पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी (उपसचिव) गणेशप्रसाद भट्टराईले अब एउटै शिक्षकले सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ भन्दै भने, ‘एउटै विषयवस्तु भएकाले उनीहरूले अध्यापन गर्न सक्छन्।’

आगामी वर्षबाट कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, गणित र मेरो सेरोफेरो विषय अध्यापन गरिनेछ। चालू शैक्षिक सत्रमा कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, विज्ञान, स्वास्थ्य र स्थानीय विषय अध्यापन गरिँदै आएको छ।

प्राथमिक तहमा साविकको एसएलसी र प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएका शिक्षकहरू अधिक सङ्ख्यामा कार्यरत छन्। नयाँ नियुक्त भएका शिक्षकको योग्यता बढी छ। पुराना शिक्षकले नेपाली, अङ्ग्रेजी, गणित अध्यापन गर्न कठिन हुने शिक्षाविज्ञहरूको भनाइ छ।याे खबर गाेरखापत्र दैनिकमा छ ।