देशभर ५६ हजार शिक्षक अपुग 

देशभर ५६ हजार शिक्षक अपुग 


काठमाडौं – देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव देखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण काम शुरु गरेको जनाए तापनि अपुग रहेको शिक्षकको बारेमा के गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन।

तथ्यांकअनुसार सबैभन्दा बढी मावी तहमा शिक्षकको अभाव देखिएको छ। त्यहाँ १९ हजार १ सय १ जना शिक्षक अपुग छन्। त्यस्तै निमावी तहमा १८ हजार १ सय ४० र प्राविमा १६ हजार ६ सय २१ तथा उच्च माविमा २ हजार ४ सय २० शिक्षक अपुग रहेको  छ।

पूर्वसचिव महाश्रम शर्माको कार्यदलले देशैभर तहगतरुपमा अपुग भएको शिक्षकको सख्या उल्लेख्य गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो। सोही आधारमा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले तथ्यांक निकालेको हो। याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।