काठमाण्डु- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले राज्यसँग शिक्षकहरूका मागका विषयमा अनौपचारिक छलफल भइरहेको भएपनि निष्कर्षउन्मुख नदेखिएको बताएका छन् ।
‘राज्य पक्षसँग अनौपचारिक छलफल चलिरहेका छन् तर अझै ती निष्कर्ष उन्मुख हुन सकेका छैनन् । त्यसैले अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो हुन आवश्यक छ’, अध्यक्ष सुवेदीले आइतबार फेसबुकमा लेखेका छन् ।
आइतबार पनि आन्दोलनका लागि बिहान ११ बजे माइतीघर मण्डालामा जम्मा हुन उनले शिक्षकहरूलाई आग्रह गरेका छन् । आन्दोलनका क्रममा अनुशासित र संयमित हुन पनि उनको आग्रह छ ।
विद्यालय शिक्षा ऐनलगायतको माग गर्दै मुलुकभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शैक्षिक हड्ताल घोषणा गरी जारी आन्दोलनका कारण सामुदायिक विद्यालयका शैक्षिक गतिविधि ठप्प छन् ।

प्रतिक्रिया