शिक्षकहरूले सडकमै गरे रक्तदान

शिक्षकहरूले सडकमै गरे रक्तदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- तीन हप्तादेखि अनिश्चितकालीन सडक आन्दोलनमा उत्रिएका शिक्षकहरू बिहीबार रक्तदान गरेका छन् ।

शिक्षा ऐन लिएरै फर्कने अडानसहित २३ दिनदेखि आन्दोलनलाई निरन्तरता दिएका शिक्षकहरू बिहीबार काठमाण्डुको बिजुलीबजारमा रक्तदान गरेका हुन् । नेपाल शिक्षक महासङ्घको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै उनीहरु चैत २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाण्डुमा भेला भएका छन् ।