कोरोना संक्रमित कांग्रेस नेता मगरको निधन


डोटी – कोभिड–१९ को संक्रमित नेपाली कांग्रेसका नेता तेजबहादुर पुन मगरको आज मृत्यु भएको छ । केआई सिंह गाउँपालिका–४ पूर्वीया बगरमा घर हुनुभएका ५० वर्षीय मगर केही दिन पहिले बिरामी भएपछि उपचारका लाागि कैलाली गएका थिए ।

उपचारका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्थायी अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार निमोनियासहित कोरोना संक्रमित मगरको उपचारकै क्रममा मृत्यु भएको हो ।

उनी कांग्रेस डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्षसमेत रहेका थिए । उनका दुई छोरा र एक श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement