टेकु अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोलालाई नियुक्त गरेको छ ।

यसअघि अस्पतालको प्रवक्ता समेत रहेका सरुवा रोग विशेषज्ञ डा. बास्तोलालाई मन्त्रालयले सोमबार निर्देशकमा नियुक्त गरेको हो ।

उमेरहदका कारण डा. सागरराज भण्डारीले अवकास लिएसँगै डा. बास्तोलालाई निर्देशकमा नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement