काठमाण्डु – नेपाली संगीतकाे मञ्चमा एउटा राेमाञ्चक प्रेमील गीतकाे म्युजिक भिडियाे सार्वजनिक गरिएकाे छ । माेडल कमल सिंह तथा सुन्दर सिम्पल आकांक्षा आचार्यकाे राेमान्टिक प्रेमील अभिनयले सुसज्जित “तिम्राे फाेटाे हेरी” बाेल गीतकाे म्युजिक भिडियाे सार्वजनिक गरिएकाे हाे ।
म्युजिक भिडियाेमा काठमाण्डाैकाे पुर्वी क्षेत्र ईन्द्रायणी,साँखु शंकरापुर,जर्सिङपाैवा, लप्सिफेदि लगायतका अत्यन्त मनाेरम दृश्यहरू कैद गरिएका छन् ।
दिनेश पराजुलीकाे छायांकन,सुश्मा परीयारकाे सज्जा,सन्ताेष पाेखरेल आदित्यकाे कृयटिभ डाईरेक्सन् तथा अन्जन शर्माकाे निर्देशन रहेकाे यस म्युजिक भिडियाेकाे निर्माण किरण महर्जन सिंहले गरेका छन् ।
गीत आफैमा कसै न कसैकाे आफ्नै कथा हाे, कहिले हाँसाेकाे कथा त कहिले आँशुकाे व्यथा । शब्द मार्फत व्यक्त भावलाई अझ सशक्त ढंगले श्राेता दर्शक सामु पेश गर्ने उपयुक्त माध्यम गीत संगीत तथा म्युजिक भिडियाे हाे भन्छन् गीतकार गाैतम डंगाेल सन्देश । यस अघि प्रायजसाे धाेखा पिडाका प्रसंगहरूलाई शब्द संगीत तथा भिडियाेमा उतार्दै आएका डंगाेलले यस पटक भने अत्यन्त सुखानुभूतिले भरिपुर्ण प्रेम राेमाञ्चलाई शब्दमा काेरेका छन् भने उनका ती प्रेमील शब्दहरूलाई मेलाेडिमेकर संगीतकार सराेज पाेखरेलले आफ्ना संगीत श्रृजनाले सजाएका छन् ।
उदयीमान गायक सुमन केसी र सुमधुर स्वरकी धनी गायिका मेलिना राईकाे स्वरले सुसज्जिग यस गीतमा वरिष्ठ गिटारिष्ट सञ्जीव बराईलीले गितारवादन गरेका छन् भने गायक सुमन केसी स्वयंले संयाेजन गरेका छन् ।
गीत संगीत कुनै आयु तथा सम्बन्ध विशेष भन्दा पनि मनमुटु हुने सबैका प्रिय नै हुन्छन् । याे भिडियाेमा दुई प्रेमीकाे प्रेम प्रसंगलाई उतारिएकाे भएतापनि आफुभन्दा टाढा रहेका आफ्ना प्यारा जाे काेहिकाे पनि फाेटाे हेरी मनैमन कुरा सबैले गरेका हुन्छाैं भन्छन् गीतकार सन्देश । तर पनि याे राेमान्टिक गीतकाे म्युजिक भिडियाे विशेषत युवा पुस्ताले मनपराईदिनेछन् भन्ने आशामा छन् गीतकार गाैतम डंगाेल सन्देश तथा यस भिडियाेका निर्देशक अन्जन शर्मा ।
प्रतिक्रिया