एसियाड : नेपालका राणा दिदीबहिनी टेनिस वुमन्स डबल्सको प्रिक्वाटर फाइनलमा


काठमाडौँ – इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत नेपालका जुम्लाहा दिदीबहिनी टेनिसको वुमन्स डबल्समा अन्तिम १६ मा प्रवेश गरेका छन्।

सोमवार भएको अन्तिम ३२ को खेलमा माहिका र मायांका राणाको जोडीले माल्दिभ्सका अल माहिर र रसिद अब्दुलको जोडीलाई २-० को सेटमा हराए।

पहिलो सेट ६-४ ले जितेका राणा जोडीले दोस्रो सेट सहजै ६-१ ले आफ्नो पक्षमा पार्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् । मेन्स डब्लसतर्फ नेपालका संरक्षकभुषण बज्राचार्य र अभिषेक बास्तोलाको जोडीले भारतका सुमित नगल र रामकुमार रमानातानको जोडीसँग सोमवारै प्रतिस्पर्धा गर्नेछ। मेन्स सिंगल्स, वुमन्स सिंगल्स र मिक्स डबल्समा भने नेपालको चुनौती समाप्त भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement