तराईका ‘मोष्ट वान्टेड’ सुटर तीन वर्षपछि सर्लाहीमा पक्राउ


काठमाडौं– तराईमा ५ जनाको गोली हानी हत्यामा संलग्न एक ‘मोष्ट वान्टेड’ सुटरलाई प्रहरीले तीन वर्षको प्रयासपछि पक्राउ गरेको छ । रुपन्देही, चितवन, सर्लाही लगायत जिल्लामा गोली हानी हत्या गर्ने उमेश पासवानलाई सर्लाहीमा पक्राउ गरेको हो ।

सर्लाही प्रहरी प्रमुख मसाउद आलम खाँका अनुसार पासवाललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले मंगलबार साँझ लालबन्दी–२ बाट पक्राउ गरेको हो । उनलाई हरिपुर क्षेत्रबाट पक्राउ गरिएको एसपी खाँले बताए । जिल्ला प्रहरी कार्यालय डिएसपी राजेश थापा र इन्सपेक्टर अनिल ठकुरी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

सर्लाही प्रहरीका अनुसार घटनामा संलग्न रहेका जयप्रकाश पासवान, कृष्ण साह, प्रभु नारायण महतो र भोला भन्ने वीरेन्द्र मण्डल तत्काल पक्राउ परेका थिए। उमेश भने फरार रहदै आएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement