टेस्ट क्रिकेटः इङ्ल्यान्ड विजयी


श्रीलंका – श्रीलंकाको क्यान्डीमा भएको दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्डका बलर ज्याक लिचले पाँच विकेट लिएपछि श्रीलंका ५७ रनले पराजित भएको छ । तीन खेलको यस शृङ्खलामा इङ्ल्यान्डको यो लगातार दोस्रो विजय हो ।

पाँचौं दिन ३० मिनेटभित्रै इङ्ल्यान्डले श्रीलंकाका तीन विकेट लिएर खेल जितेको थियो । सन् २०१५–१६ मा अफ्रिकालाई पराजित गरेयता विदेशी भूमिमा इङ्ल्यान्डको यो पहिलो शृङ्खला विजय हो । श्रीलङ्कालाई यसअघि सन् २००१ मा इङ्ल्यान्डले श्रीलंकामै आएर शृङ्खला जितेको थियो ।

श्रीलंकालाई जितका लागि ३०१ रन आवश्यक थियो, तर श्रीलंकाले २४३ रन मात्र बनाउन सकेको थियो । यसअघि गाल्लेमा भएको पहिलो टेस्ट पनि इङ्ल्यान्डले जितेको थियो ।

दोस्रो टेस्टमा ज्याक लिच, मोइन अलि र अदिल रसिदले १९ विकेट लिएका थिए । साथै, इङ्ल्यान्डका कप्तान जो रुटले दोस्रो इनिङमा १२४ रनको महत्वपूर्ण पाली खेलेका थिए । जितपछि बोल्दै कप्तान रुटले निकै सङ्घर्षपूर्ण जीत प्राप्त गरेकामा टोलीका सबै खेलाडी प्रसन्न रहेको बताए । तेस्रो टेस्ट कोलम्बोमा शुक्रबार शुरु हुँदैछ । एएफपी

प्रतिक्रिया दिनुहोस
Advertisement