चीनसहित ९ वटा कम्पनीको किट प्रयोग गर्न निजी अस्पताललाई सरकारको स्वीकृति


काठमाडौं – सरकारले ९ वटा कम्पनीबाट उत्पादित भएका किटलाई मात्र मान्यता दिने भएको छ । सरकारले निजी अस्पतालहरुलाई पनि र्यापिड टेस्ट गर्न स्वीकृति दिएको छ ।

राष्ट्रिय जस्वास्थ्य प्रयोगशालाले र्‍यापिड टेस्ट गर्न चीनका ७ कम्पनीसहित अमेरिका र क्यानडाका कम्पनीका किट प्रयोग गर्न निजी अस्पताललाई स्वीकृति दिएको छ ।

फरक कप्पनीहरुको किट प्रयोग गर्दा गुणस्तरियतामा प्रश्न उठेको भन्दै प्रयोगशालाले ९ वटा कम्पनीका किट विश्वसनिय हुने भएकाले ति मात्र प्रयोग गर्नुपर्ने जनाएको छ ।

ओम्नी समूहले चीनबाट ल्याएको कम्पनीको किट प्रयोग नहुने भएको छ । उक्त कम्पनीको किट विश्वसनीय नभएको भन्दै प्रयोग नहुने भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement