साढे ४ करोड ठगीका फरार प्रतिवादी पक्राउ, अनुसन्धानका लागि पोखरा पठाइयो

साढे ४ करोड ठगीका फरार प्रतिवादी पक्राउ, अनुसन्धानका लागि पोखरा पठाइयो

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साढे ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका २ जना प्रतिवादीलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डुको टोखा नगरपालिका–७ बस्ने ६२ वर्षीय शान्तीरमण पंगेनी र ५८ वर्षीया टिका पंगेनी रहेका छन् ।

कमलप्रसाद ज्ञवालीको जाहेरीका आधारमा नेपाल सरकार वादी भएको ठगी सम्बन्धी कसूर मुद्दामा उनीहरूविरुद्ध कास्की जिल्ला अदालतबाट गत २०८२ चैत ५ गते पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारी भएदेखि नै फरार रहेका उनीहरूलाई अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष खोजतलासका क्रममा बुधबार दिउँसो १ बजे टोखाबाट नियन्त्रणमा लिएको छ ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की, पोखरामा उपस्थित गराइएको छ ।

ठगी जस्तो गम्भीर आर्थिक अपराधमा संलग्न रहेका उनीहरू लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए ।