यात्रु नपाएपछि भैरहवाबाट थाई एयरको उडान बन्द

यात्रु नपाएपछि भैरहवाबाट थाई एयरको उडान बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – थाई एयर एसियाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान बन्द गरेको छ । २०८१ असोज १७ गतेबाट नेपाल उडान पुनः सुरु गरेको थाई एयर एसियाले दुई महिनादेखि भैरहवा-बैंकक उडान बन्द गरेको हो ।

थाई एयर एसियाले यात्रु नपाएपछि उडान स्थगित गरेको जनाएको छ । थाई एयर एसियाले मध्यपूर्वमा सुरु भएको युद्धपछि उडान रोकेको हो।

थाई एयर एसिया नेपालको आधिकारिक एजेन्ट युनिर्भसल टुर्स एण्ड ट्राभल्स हो। ट्राभल्सका अनुसार एक उडानमा बढीमा ४ जना यात्रु जम्मा गर्न नसकेपछि नियमित उडानबाट कम्पनी पछि हटेको हो ।

गौतम बुद्ध विमानस्थलबाट नियमित उडान गर्ने सर्तमा प्राधिकरणले थाई एयर एसियालाई उडान अनुमति दिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विगतकाृ बक्यौता नतिरेपछि प्राधिकरयणले उडान अनुमति रोकेको थियो । तर पुरानो बक्यौता तिर्ने र भैरहवाबाट नियमित उडान गर्ने सर्तमा उडान अनुमति पाएको थियो।

थाई एयर एसियाले सुरुमा नियमित उडान गरे पनि यात्रु नपाएपछि भैरहवा र काठमाण्डु-बैंककसमेत उडान रोकेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १ र गौतमबुद्धमा साताको १ उडान गर्दै आएको थियो।

सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २ वटा र भैरहवाबाट साताको ४ वटा उडान गर्ने गरी उडान अनुमति लिएको थियो। तर, विस्तारै यात्रुको संख्या घट्दै जादा उडान संख्या घटाइरहेको थियो।

मध्यपूर्वमा सुरु भएको युद्धको कारण इन्धन अभाव र महँगो हुनुको साथै पर्याप्त मात्रामा यात्रु नपाएको भन्दै भैरहवा–बैंकक उडान रोकेको थाई एयर एसियाले जनाएको छ ।

नेपालमा बढी पर्यटक आउने पाँचौँ मुलुकमा थाइल्यान्ड पर्छ। थाई एयर एसियासँग ५८ वटा विमान रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि प्रयास भएपनि पर्याप्त यात्रु नपाउँदा धेरै एयरलाइन्सहरुले उडाज बन्द गरेका छन् ।

थाई एयर एसियाअघि कतार एयरवेज, हिमालय एयर, नेपाल एयरलाइन्सले पनि भैरहवाबाट नियमित उडान बन्द गरेको हो ।