थाइ–लायन एयरको काठमाडौं -बैङ्क उडान बुधबारबाट


काठमाडौं-  थाइल्यान्डको थाइ- लायन एयरले (भोली) बुधबारबाट काठमाडौं बैंकक उडान थाल्ने भएको छ । थाइ–लायनले नेपालमा बोइङ ७३७–८०० जहाजबाट उडान गर्नेछ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा ७ पटक उडान गर्ने गरी उडान अनुमति जारी गरेको छ ।

मध्याह्न पौने एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने विमान दिउँसो पौने २ बजे थाइल्यान्डका लागि उड्नेछ । कम्पनीलाई हप्ताको ३ पटक नियमित र ४ पटक अस्थायी किसिमको उडान भर्न पाउने गरी अनुमतिपत्र दिइएको छ । कम्पनीले सुरुआतमा सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ ।

यो एयरलाइन्सले बैंककस्थित दन मुयाङ इन्टरनेसनल एयरपोर्टबाट उडान भर्नेछ । यो कम्पनीको प्रवेशसँगै थाइल्याण्डबाट नेपालमा सीधा उडान गर्ने कम्पनी दुई पुगेका छन् । अहिले थाइ एयरवेजले यस्तो सेवा दिइरहेको छ ।

 

थाइ लायन आए पछि नेपालबाट विदेशमा उडानमा भर्ने कम्पनी ३० पुगेको छ । लायन एयरलाइनको पार्टनर थाइ लायन एयरलाइन्स २२ वटा गन्तव्यमा उडान भर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement