थाईल्याण्डका सेना प्रमुख भोली काठमाडौं आउंदै, यस्तो छ भ्रमणको उद्देश्य ?


काठमाडौं– थाईल्याण्डको रोयल थाई आर्मड फोर्सेसका प्रमुख जनरल तार्नचाइयान श्रीसुवान चार दिने नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा श्रीसुवान ४ दिने नेपाल भ्रमणको क्रममा बुधवार काठमाडौं आउने भएका हुन् ।

सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसका साथै उनले प्रधानसेनापति क्षत्रीसँग समेत जङ्गी अड्डामा द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणको क्रममा रोयल थाई आर्मड फोर्सेसका प्रमुख जनरल श्रीसुवाने पोखरा, लुम्विनीलगायत अन्य केहि पर्यटकिय स्थानहरुको भ्रमण गर्नुको साथै पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमणमा जाने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र थाईल्याण्डको राष्ट्रिय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई सैनिक कुटनितीको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement