वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपी ठकबहादुरलाई कारवाही गर्न माग


काठमाण्डु- बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भइरहेकाे छ । वडाध्यक्ष हरिबहादुलाई पौडी पोखरीमा धकेल्ने प्रहरी केसीलाई कारबाही गर्न नेकपा एमालेले माग गरेको हो ।

तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरी परिचालन गरिएको थियो । त्यसक्रममा सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको स्वीमिङ पुलमा धकेलिदिएका थिए ।

उक्त घटनाको भत्र्सना गर्दै नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ । नगरप्रमुख रामकृष्ण खाण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भूमिकालाई लिएर एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै आएका छन् ।

आफू अनुकुल निर्णय हुने नदेखेपछि नगर प्रमुख खाणले गणपुरक संख्या पुग्दापुग्दै उपस्थिति कम देखाएर संख्या नपुगेको भन्दै गत शुक्रबारदेखि नगरसभा स्थगीत गर्दै आएका छन् । तिलोत्तमाको नगर कार्यपालिका र नगरसभा दुवैमा एमालेको बहुमत छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement