थली नौबिस क्षेत्रको ऐतिहासिक सांस्कृतिक महत्वको पर्व बिर्सती मेला


-गणेश बुढा (लेकाली)

बझाङ – माल जनम्या देबि पर्वत आया,
पर्वत आया गोसाइँ हेरोफेरो च्वायो।
हेरोफेरो च्वायो गोसाइँ बैसेकु भयो।।

-फागका यीनै हरफहरुको गायनको भारीखेल एउटा मानव सभ्यताको इतिहासकै ब्याख्या गरिएको बिर्सती मेला सुदुरपश्चिको मानवीय संस्कृतिको पर्वका रुपमा मनाउने प्रचलन छ । दुर्गाथली गाउँपालिका र छबिसपाथीभरा गाउँपालिबीचको थली नौबिसमा लाग्ने बझाङ जिल्लाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बिर्सतीमेलाको प्रभावकारिता बढ्नथालेको छ ।

दुवै गाउँपालिकाको आस्था र श्विासका रुपमा रहेको बिर्सती मेलालाई प्रभावकारीरुपमा मनाउन यस क्षेत्रका बसिन्दाहरुले मेलामा भलिबल खेलको आयोजना, सांस्कृतिक कार्यक्रम, देउडा प्रतियोगिता, पूजा आराधनालगायत विभिन्न मनोरञ्जनात्मक र धार्मिक गतिविधि बढाएपछि बिर्सती मेलाको अहिले चहलपहल बढ्दै गएको हो ।


लेखक गणेश बुढा (लेकाली)

थली नौबिस क्षेत्रको ऐतिहासिक ,धार्मिक र सांकृर्तिक महत्वको पर्व बिर्सती मेला सुदुरपश्चिम कै चर्चित मेला हो ।यसलाई बिर्सती जात, बिर्सतीका मेला ,थलिको जात (पर्व) आदी नामले पनि चिनिन्छ । देउडा पारखीहरुको प्रतिस्पर्धा हुने यो ऐतिहासिक मेलामा देउडामा पनि दोपाइल्या , तेपाइल्या छोर्याटा छोर्या्टिका (केटा-केटी)का देउडा खेलिने गर्छन् । स्थानीय भासामा देउडालाई तिउडो भन्ने चलन छ ।

 चाभाइ खेल , भारी खेल, देउडा खेल , ढुस्काहरुको प्रर्दशन , ढाका जुध्याउने प्रतिस्पर्धा( डम्मरु बजाउने प्रतिस्पर्धा ) राङ्गा जुधाइ आदि यहाँका मुख्य आकर्षणहरु हुन।

प्रत्येक बर्सको भाद्र १८ गते लेकगाउंको दैपाडमा पूजा आराधना सुरु गरेपछि प्रारम्भ हुने बिर्सती मेला बझाङ जिल्लाको धार्मिक महत्वको पर्व हो। निरहर ( पानी नखाइ)फलहर ( फलफूल समेत नखाइ )उबासुको दिन व्रत बस्ने प्रचलन छ । दिनभर बाठपाला देवता( गणेश देवता )को पुजा आराधना गरेर मनाउने गरिन्छ । बेलुकीपख चाभाइ खेल र बाठपाला देबताका फाग गाएर भारीखेल लगाएर रमाइलोका साथ रातभर भजन कृतन गर्दै मनाउने गर्छन् ।

देबताका फागहरु गाएर देवता कै स्तुति गाएर सबैजना एकै मन्दिर भित्र बसेर देवता चलाउने र सम्पूर्ण गाउँ कै भबिस्यबाणी गर्ने यतिमात्र हैन सम्पुर्ण आलिपाली र देश तत्कालीन राज्य कै भबिस्यबाणी गर्ने ढाका बजाउने प्रचलन छ । दोस्रो दिन भाद्र २० गते सम्पूर्ण दुबै गाउँ पालिकाका साथै अन्य छेत्रबाट आएका भक्तजनहरु फेरि पनि व्रत बसेरै लेकगाउँ कै दैपाड मन्दिरमा पूजा आराधाना गर्ने प्रचलन छ । आलम बैसेक चढाउने ,नेजा चढाउने ,कैल चढाउने , घोडा चढाउने,त्रिसुल चढाउने ,ढाका चढाउने ,द्रब्य लगायत चढाउने गर्दछ्न ।

यो दिन बाठपाला मन्दिर दैपाडबाट बाल्यचौर हुँदै महालिङग देबताको मन्दिर च्यागोट सम्म ढाका बजाउदै चह चह लगाउदै नाग्गै खुट्टा पदयात्रा गर्ने प्रचलन छ ।  दुबै गाउँपालिकाका यात्री महानुभाबहरु बर्तालु भक्तजन सबै जना च्याकोट पुगिसकेपछि च्याकोटमा पनि महादेवका फागहरु गाउँदै ,ढाका बजाउने प्रतिस्पर्धा गर्दै फलफूलहरु बाडेर खाने प्रचलन छ । यसरी भारिखेलको रमाइलो सङगै फेरि सबै भक्तजनको घुइँचो नै दैपाड मन्दिर फर्कने र बेलुकी पख दुर्गाथलीको मालिकमान्डु मन्दिरमा जाने र त्यहाँ झनै दुबै गाउँपालिका कै मान्छेहरु जम्मा हुने र भारी खेल खेल्ने , चाभाइ खेल खेल्ने साथै बिच्च बिच्च्मा रमाइलोका लागि ढुस्काहरु खेल्ने र रमाइलो गर्ने प्रचलन छ । यसरी १९ गते बेलुकी भजन कृतन गरेर सैनको मालिक्मान्डुमा पुजाआजा गरिसकेपछि दोस्रो दिनको पूजापनि सकिन्छ ।

भाद्र २० गते जुन दिनको नामबाट नै बिर्सती मेला नाम रहेको हो। यो दिनपनि बझाङ कै ऐतिहासिक मन्दिर थलिदुर्गाको मन्दिरमा मेला लाग्ने गर्दछ। थलिदुर्गाको मन्दिर कै नामबाट यहाँको गाउँपालिकाको नामाकरण दुर्गाथली गरिएको हो। बिहानै देखी पूजाआजा गरेर थलिदुर्गाको मन्दिर मठबाट नै महिलाहरुले चाभाइ खेल लगाएर बिसौना बजारमा दिउँसोभर खेली रमाइलो गरिसकेपछि मात्रै बिर्सति पर्व अब जात्राको रुपमा मनाउने गरिन्छ ।

२० गते रातभरि छोर्याटा ,छोर्या्टिका देउडा खेल्ने प्रचलन छ । अझै यहाँ त निकै कस्सिएर खेल खेल्ने र जित हारकै परिस्थितिमामा देउडा खेलेरै पनि बिबाह समेत गर्ने प्रचलन थियो ।यद्यपि यो मानबिय सभ्यताको बिकास संग संगै बिस्तारै परिवर्तन भैरहेको छ। रातभर मेलामा रमाइलो गर्नुका साथै स्थानीय मानिसहतु समेत मेलामा नै रमाइलो गरेर रातभर रमाइलो गर्ने गर्छन् । यसरी २१ गते बिहान राङ्गा जुधाउने प्रचलन छ ,बझाङको राङ्गा जुधाउने प्रचलन कै सिको गरेर हाल नुवाकोटको गोरु जुधाइ मेला पनि बझाङि राजा जयपृथीबहादुर सिंहको पालादेखि चलिरहेको भन्ने किबद्न्ती पनि पाइन्छ ।

यसरी राङ्गा जुधाइ सकिएसंगै बिर्सतीमेला पनि सकिने गरिन्छ । बिर्सतीको इतिहासलाइ हेर्दा बाह्है देउ बड्डिज्याबन बाट देबि देबताहरु थली नौबिसमा आएर रमाइलो गर्ने , कौडा खेल्ने , चौभेडा खेल्ने ,जुवातास खेल्ने र गाइगोरु हेर्दै मन्दिर निर्माण गर्ने गर्थे रे! एकदिन महादेव लाई कुस्ठरोग लागेछ तेसैको उपचार गर्न दुर्गादेबिले सुर्मा देबिलाइ लसुन प्याज कुट्न लगाएको र छि छि गर्दै घिन मानी मानी काम गरेको देखेर रिसाउदा सुर्मा देबि भागेर साइपाल हिमालको काख सुर्मासरोबर गएको किबद्न्ती दुर्गादेबिको भागमा उल्लेख छ ।

बझाङको सुर्मा सरोबरमा पनि यहि थलिनौबिसका बोहरा थरीका मानिसहरु गएपछि मात्रै यो मेला पनि प्रारम्भ हुने भएकोले पनि यहाँको ऐतिहासिक महत्व झल्किन्छ। यहाँका थलिदुर्गा मन्दिर मठ , बाठपाला मन्दिर दैपाड महालिङ मन्दिर च्याकोट महादेव मन्दिर सैन ,बडादेउ ईश्वर बासुधारा मन्दिर , दानछडो झरना माटेसाङु ,धमेनी गुफा थली जिउला लगायत ऐतिहासिक ठाँउहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement