ठमेलमा अश्लिल क्रियाकलापमा संलग्न ३ विदेशी महिला पक्राउ

ठमेलमा अश्लिल क्रियाकलापमा संलग्न ३ विदेशी महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल क्रियाकलाप र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा ३ विदेशी महिलालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा विदेशी तथा स्वदेशी पर्यटकलाई दु:ख हैरानी दिएको र प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा ३ युगान्डाली महिलालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका महिलाले ठमेलमा हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेक्ने र अश्लील क्रियाकलापका लागि मोलमोलाइ गरी दु:ख हैरानी दिने गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका ३ विदेशी महिलालाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टराईले बताए । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।