गृहले गर्‍यो घुस लिने थानकोटका इन्स्पेक्टर शर्मालाई निलम्बन


काठमाण्डु – गृह मन्त्रालयले महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई निलम्बन गरेको छ ।

सेवाग्राहीसँग १५ हजार घुस लिएको अभियोग लागेका इन्स्पेक्टर शर्मालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो ।

अनुसन्धान गर्नका लागि इन्सपेक्टर शर्मालाई निलम्बन गरिएको प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । शर्मालाई निलम्बन गरिएसँगै छानविनका लागि छुट्टै समिति बनाउने तयारी छ ।

शर्मामाथि कलंकीमा भएको एक दुर्घटनामा अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रियालाई लम्ब्याएको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement