थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४५ पुगे


काठमाडौं – नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बिहीबार बिहान जानकारी दिए ।

पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement