गीतकार थापाको ‘पर्खी बस’मा विजय पुन र मनिषाको रोमान्स


काठमाण्डु- गीतकार हिराकाजी थापाको ‘पर्खी बस’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रमेश सापकोटाको स्वरमा रहेको गीतमा गीतकार थापाको शब्द, बिक्रम थापाको संगीत तथा कुशिल सिंहको एरेन्ज , किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

आफ्नो प्रेमीलाई पर्खी बसेकी प्रेमीकाको त्याग र चोखो मायालाई देखाइएको सार्वजनिक गीतको भिडियोमा मोडलद्वय विजय पुन मगर र मनिषा लामाको अभिनय छ । एक प्रेमील जोडीको चोखो मायाले भरिएको भिडियोको निर्देशन पनि गीतकार थापाले नै गरेका हुन् भने भिडियोको कोरियोग्राफी प्रमोद कुमार भण्डारीले गरेका हुन् ।

जसको छायांकन देव दोर्जे लामाले गरेका हुन् भने भिडियोको सम्पादन र कलरिङ नविन निरौलाले गरेका हुन् । निर्देशक थापाका आधा दर्जन बढी भिडियो रिलिजको क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement