आपराधिक विश्वासघातको आरोपः निर्देशक सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी


काठमाण्डु- चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । चलचित्र प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले आपराधिक विश्वासघात गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् । यससँगै सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

सोही घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् । आफ्नो अनुमति र मन्जुरीबिना अग्रवाल, थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पुर्याएको भन्दै निर्माता बस्नेतले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement