गृहमन्त्रीको निर्देशनपछि सशस्त्रमा बढुवा प्रक्रिया सुरु


काठमाडौं– गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि सशस्त्र प्रहरी वलको बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्रमा लामो समयदेखी रोकिएको सिपाहीदेखि एसपीसम्मको बढुवा प्रक्रिया वुधवार सांझबाट सुरु भएको हो । गृहमन्त्री थापाको ८२ बुंदे कार्ययोजनामा समेत प्रहरी र सशस्त्रमा रोकिएको बढुवा सुचारु गर्ने उल्लेख थियो । दुवै सुरक्षा निकायको माथिल्लो तहको बढुवा मात्र हुने गरेको भन्दै तल्लो तहमा निराशा उत्पन्न भएको अवस्थामा गृहमन्त्रीको निर्देशनपछि सशस्त्रमा बढुवा प्रक्रिया सुचारु भएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको ध्यान सिपाही र मध्यम तहका अधिकृतको बढुवामा भन्दा माथिल्लो तहका अधिकारीको बढुवामा मात्रै केन्द्रित भएपछि मन्त्री थापाले तल्लो तहका अधिकृतहरुको बढुवा प्रक्रिया तुरुन्त अघि बढाउन निर्देशन दिएका थिए । आईजिपी खनाल फाजिलमा रहेका एआईजीको सरुवा गर्न र रिक्त उच्च अधिकारीको बढुवा गर्न लविङमा लागेका थिए ।

गृहमन्त्री थापालाई खनालले उच्च अधिकारीहरुको बढुवा गर्न लागेको सुचना पुगेपछि मंगलवार तत्काल तल्लो तहमा रोकिएको बढुवा सुचारु गर्न निर्देशन दिएका थिए । गृहमन्त्रीको निर्देशनपछि सशस्त्रका डिआईजी सुरज कुमार श्रेष्ठले वुधवार सांझ बढुवाको सुचना प्रकाशित गरेका छन् ।

शसस्त्र प्रहरी सेवा साधाहरण समुह, सहायक हवल्दार, हवल्दार, वरिष्ठ हवल्दार, सहायक निरीक्षक, नायव निरीक्षक, वरिष्ठ नायव निरीक्षक,निरीक्षक, डिएसपी र एसपीसम्मका नौ पदमा बढुवाका ७ दिनभित्र मुल्यांकन फारम भर्न सुचना प्रकाशित गरिएको छ । सशस्त्र प्रहरी वलमा योग्य उम्मेदबारले ७ दिन भित्र आफु बढुवा हुन योग्य कारण सहित मुल्यांकन फारम भर्ने नियम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement