योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त


काठमाडौं – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले काडेललाई नियुक्त गरेको हो ।

नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेल अर्थविद हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए ।  २०१२ साल भदौ १५ गते धादिङ जिल्ला बेनिघाट-१, रिचोकटारमा जन्मिएका कँडेलले दिल्ली स्कूल अफ इकोनोमिक्सबाट कर्पाेरेट ट्याक्सेसन एण्ड इनभेष्टमेन्ट बिहेवियर इन नेपाल विषयमा विद्यावारिधी गरेका हुन् ।

उनले २०४२ सालबाट सरस्वती क्याम्पसमा पढाउन थाले । कँडेल एमालेको २०४९ मा सम्पन्न पाँचौ महाधिवेशनबाट केन्द्रीय लेखापरीक्षण कमिटीको सदस्य निर्वा्चित भएका थिए । उनी १० वर्षदेखि निरन्तर लेखा परीक्षण आयोगको अध्यक्ष छन्

त्यस्तै, आयोगको सदस्यहरुमा डा कृष्णप्रसाद ओली, उषा झा, गिरीबहादुर गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँल नियुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement