भ्वाइस अफ नेपालको किड्स संस्करणका लागि कोचहरुमा प्रमोद र प्रविशा


काठमाण्डु- द भ्वाइस अफ नेपालकाे अब किड्स संस्करण सुरु हुने भएको छ । निर्देशक लक्ष्मण पौडेलले किड्स संस्करण अन्तर्गत डिजिटल अडिसन सुरु भएको बताए ।

किड्स संस्करणका लागि कोचहरुमा प्रमोद खरेल र प्रविशा अधिकारी रहेका छन् । थप दुई कोचको नाम भने केही दिनमा टुङ्गो लाग्ने जनाइएको छ । उनका अनुसार कोचले पूर्णता पाएपछि ब्लाइन्ड अडिसनको सुरुआत हुनेछ ।

डिजिटल अडिसनमा प्रतिस्पर्धीको संलग्नता उत्साहजनक रहेको निर्देशक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement