‘दि भ्वाइस–सिजन २’ को लाइभ शोमा नायक आर्यन सिक्देल


काठमाडौं – रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल–सिजन २’ को लाइभ शो मा नायक आर्यन सिक्देल उपस्थित भएका छन् । हिमालय टेलिभिजनबाट शनिबार प्रशारण भएको ‘दि भ्वाइस अफ नेपाल’को २८औं एपिसोड (लाइभ राउण्ड)मा भने आर्यन रिलिजको तयारीमा रहेको चलचित्र ‘च च हुई’को प्रचारको लागि आर्यन आफ्ना सहकर्मी कलाकार भोलाराज सापकोटाको साथमा पुगेका हुन् ।

आर्यनले लाइभ राउण्डसम्म आइपुग्ने विजयी सम्पूर्णलाई आगामी दिनको शुभकामना दिए । ‘तपाईहरु जो–जो यहाँसम्म आइपुग्नु भएको छ, तपाईहरु विजयी भइसक्नु भएको छ । यहाँहरुलाई आगामी दिनको लागि शुभकामना भन्न चाहन्छु’ उनले भने । शोको २८औं एपिसोडको सुरुवात चलचित्र ‘च च हुई’मा समावेश ‘सिल्की सिल्की बाल’ बोलको गीतबाट सुरु भएको थियो ।

साम्तेन भुटियाको निर्देशनमा बनेको यो चलचित्रमा मिरुना मगर, माओत्से गुरुङ लगायतको मुख्य भूमिका छ । अमित गुरुङले निर्माण गरेको यो चलचित्र मंसिर ६ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement