नेपाल प्रवेश गर्न नपाएपछि द भ्वाइस अफ नेपाल ३ का विजेता किरण अमेरीका फर्किए


काठमाण्डु – ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेर नेपाल प्रवेश गर्न नपाएपछि अमेरीका फर्किएका छन् । विमानस्थलको अध्यागमन विभागले उनलाई नेपाल प्रवेश गर्न नदिएको हो ।

एक प्रवेशाज्ञा बर्षमा अमेरिकी नागरिकहरुले नेपालमा १८० दिन भन्दा बढी बस्न नपाइने नियम छ । किरणले यसअघि पनि तोकिएको दिन भन्दा बढी बसेकाले जरिवाना समेत तिरेका थिए । कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट सोमबार नेपाल आएका किरण विमानस्थलबाटै अमेरीका फर्किएका हुन् ।

किरण नेपालको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन् । तर, १४ बर्ष अगाडि अमेरिकी सरकारले भुटानी शरणार्थीहरुलाई आफ्नो देश लैजाने क्रममा उनी अमेरिका पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement