नेपालमा हुने विश्वकप छनोट खेल जंगी अड्डामा हुने


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय अगाडिको फुटबल मैदानमा निर्माण गरेको पूर्वाधार हस्तान्तरण गरेको छ ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले शुक्रबार प्रधान सेनापति पूर्णचन्द्र थापालाई निर्माण गरिएको पूर्वाधार हस्तान्तरण गरेका हुन् ।

आवश्यक मापदण्ड पुर्याएर एन्फाले निर्माण गरेको मैदानमा विश्वकप छनोट खेल्न नेपाल आउने टोलीले सेनाको सो मैदान प्रयोग गर्न पाउने भएको छ ।

एन्फाले जंगी अड्डा अगाडीको फुटबल मैदानमा खेलाडी र रेफ्रीका लागि १५ लाख रुपैयाँ खर्च गरेर अन्तर्राष्ट्रिय स्तरको चेन्जिङ रुमसहित मैदानको स्तरोन्नती गरेको एन्फाले जनाएको छ ।

आगामी अक्टोबर र नोभेम्बरमा नेपालमा हुने विश्वकप छनोट खेलका लागि नेपाल र विदेशी टिमले अभ्यास गर्नका लागि मैदान प्रयोग गरिने एन्फाले जनाएको छ ।

अभ्यासका लागि अन्तर्राष्ट्रिय स्तरको मैदान चाहिने भएकाले एन्फाले सेनाको मैदानमा पूर्वाधार निर्माण गरेको हो ।

उक्त खेल मैदानमा रहेको भि.भि.आई.पि. प्यारापिट मुनि रहेको २ (दुई) वटा Player Changing Room मा खेलाडीहरुलाई आवश्यक पर्ने व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर गोटा-२३/२३ (तेईस/तेईस), फिजियोथेरापी वेड गोटा-१/१ (एक/एक), रेफ्रिजिरेटर गोटा-२ (दुई), ऐना गोटा-१/१ (एक/एक) र  Referee Changing Room को लागि व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर गोटा-४ (चार), सोफा गोटा-४ (चार), टेवल गोटा-२ (दुई) लगायत तीनवटै कोठाहरुमा कार्पेट, झ्यालहरुमा ट्रान्सलुसेन्ट स्टिकरहरु तथा रंग रोगन गर्ने कार्य सम्पन्न गरी नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको उक्त खेल मैदानको स्तरोन्नतिले राष्ट्रिय खेलकुदको सम्वर्द्धन र प्रवर्द्धनमा समेत थप टेवा पु¥याउने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement