अबको दशक उर्जा दशक, चुनौती सामना गर्न तयार छाैँ : उर्जामन्त्री पुन


नुवाकोट- जल, सिँचाइ तथा उर्जामन्त्री वर्षमान पुनले २५ मेगावटको सोलार आयोजना समयमै पुरा हुने बताएका छन् । शुक्रबार नुवाकोटमा नेपाल सरकार मातहात नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिल्यानास गर्दै मन्त्री पुनले सो कुरा बताएका हुन् ।

मन्त्री पुनले आफ्नो सामु यो दशक उर्जा दशक बनाउने चुनौती भएको बताउँदै उनले चुनौती सामना गर्न तयार भएको बताए ।
आगामी दुई वर्षसम्म औधोगीकरण नबढे विद्युत बचत हुने र अब विद्युतीय सवारी साधन प्रयोगलाई बढावा दिने पनि मन्त्री पुनले उल्लेख गरे ।

‘हरेक घरमा आयातित सिलिण्डर ग्यास होइन, विद्युतीय चुल्हो हुनेछ । ’ उनले भने, ‘विद्युत क्षेत्रबाट समग्र राष्ट्रको अर्थतन्त्रमा चमत्कारीक परिवर्तन हुनेगरि काम गर्छौ । ’ जलस्रोत देशकै ठूलो प्राकृतिक स्रोत भएको बताउँदै उनले उर्जा क्षेत्रमा मुलुक आत्मनिर्भर हुने तरिकाले काम गरिरहेको बताए ।

उनले भने, ‘विद्युत आयोजनाको निर्माण गर्दा सिँचाइ र जलस्रोतको योजना एकीकृत रुपमा निर्माण गरिनेछ ।’
मन्त्री पुनले मुलुकमा राजनीतिक संक्रमण सकिएको बताउँदै अब राजनीतिको कारण काम गर्न सकिएन भन्न नपाउने बताए । विगतमा जस्तो, ढिलासुस्ती, बहानाबाजी, भ्रष्टाचार सरकारले सहन नसक्ने बताउँदै अब मुलुकमा शुसाशन कायम हुने हुने कुरामा कुनै सम्झौता नहुने मन्त्री पुनले उल्लेख गरे ।

उनले संघीयता बहुसमन्वयात्मक र सहभागीमुलक व्यवस्था भएको बताए । उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएन भने विकाश निर्माणका काम अगाडी बढ्दैन । ’ मन्त्री पुनले विकाशबाट जनता विस्थापित हुन हुँदैन भन्दै विकाश आयोजनाले स्थानीयले लाभ लिनु पाउनुपर्ने बताए ।

उनले वीआरआई अन्तर्गत (गल्छी, त्रिसुली) रसुवाढी अन्तर्देशीय प्रसारण लाइन विस्तारको तयारी भइरहेको बताए । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा त्यससम्बन्धी सम्झौता हुनेछ । ’

प्रतिक्रिया दिनुहोस
Advertisement