भोलिदेखि अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने


काठमाडौं – भोलि बिहिबारदेखि अन्य बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ ।

यसअघि कोरोना संक्रमण रोक्न सरकारले अपनाएको नीतिलाई सघाउन नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको एटिममा प्रयोग गरे पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

अब शुल्क लिने वा नलिनेबारे भन्ने निर्णय सम्बन्धित बैंकले गर्ने छन् । बिहीबारदेखि शुल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीन वटै संस्थाले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

डिजिटल कारोबारलाई प्राथमिकता दिने भन्दै लकडाउनपछि बैंकहरुले अन्तर बैंक एटीएम सेवा निःशुल्क प्रदान गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement