यस्ता छन् क्वाँटी खानुका फाइदै-फाइदा


काठमाण्डु – नेपालीले मनाउने विभिन्न चाडहरुमध्ये एक हो जनैपुर्णिमा अर्थात रक्षा बन्धन । यो चाड हिन्दु धर्मावलम्बीहरुले प्राचिन कालदेखि नै मनाउँदै आइरहेका छन् ।

परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन राखी बाध्ने, ब्रतबन्ध गरेकाहरुले जनै फेर्ने, क्वाँटी खाने प्रचलन छ । विभिन्न नौ थरीका गेडगुडीलाई चार दिन भिजाएर टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ ।

जनैपुर्णिमाको दिन चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खाने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि निकै फाइदा जनक छन् ।

यस्ता छन् क्वाँटीका फाइदा :

१ क्वाँटी रेसादार खानाको स्रोत हो । यसले कब्जियतको समस्या हटाउँछ ।

२. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ ।

३. यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।

४. तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।

५. यो सजिलै पाच्य हुन्छ ।

६. पेटमा अनावश्यक वायु बनाउँदैन ।

७. क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।

८. रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।

९. रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।

१०. क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।

११. मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

१२. रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।

१३. टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।

१४. गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।

१५. पाचनशक्तिमा सुधार ल्याउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement