यी हुन् सभाामुख आउँदा नउठ्ने दुई मन्त्री

यी हुन् सभाामुख आउँदा नउठ्ने दुई मन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभामा सभामुख प्रवेश गर्दा आसनबाट नउठेको घटनाले संसदभित्र मर्यादा र आचरणबारे नयाँ विवाद जन्माएको छ।

मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख डोलप्रसाद अर्याल बैठक कक्षमा प्रवेश गर्दा भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्साल र अर्थमन्त्री स्वर्णिम वाग्ले आसनबाट उठेको थिएनन्। सोही घटनाले संसदभित्र मर्यादा र आचरणबारे नयाँ विवाद जन्माएको हो।

यसै विषयलाई लिएर एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति समेत जनाएका थिए। 

महरले प्रतिनिधिसभा नियमावलीको नियम २० (क) अनुसार सभामुख प्रवेश गर्दा सबै सदस्य तथा मन्त्रीहरूले उठेर सम्मान प्रकट गर्नुपर्ने व्यवस्था स्मरण गराउँदै सभामुखको ध्यानाकर्षण गराएका थिए।

बैठकमा सभामुख अर्यालले विनियोजन विधेयकमाथिको छलफल सुरु गर्न लाग्दा विपक्षी सांसद गोपाल शर्माले सम्बन्धित मन्त्रीहरूको अनुपस्थितिमा छलफल अघि बढ्न नसक्ने भन्दै आपत्ति जनाएपछि बैठक केही समयका लागि स्थगित गरिएको थियो।

मन्त्रीहरूको उपस्थिति सुनिश्चित भएपछि दोस्रो बैठक पुनः सुरु भएको थियो।

सभामुख प्रवेश गर्दा मन्त्रीहरू नउठेको घटनापछि संसदीय मर्यादा, नियमको पालना र राजनीतिक संस्कारबारे संसदभित्र बहस चर्किएको छ। घटनाले संसदमा औपचारिक आचरणको पालनाबारे फेरि एकपटक ध्यान खिचेको छ।