एकसय सामुदायिक विद्यालयलाई थर्मोगन वितरण


काठमाण्डु – कोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाण्डुले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रतिविद्यालय एउटा थर्मोगन वितरण गरिएको हो ।

सो अवसरमा रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर राजीव पोखरेलले विद्यालय खोल्ने तयारी गर्न लागेको बेला उक्त मेसिन उपयोगी हुने बताए । सबैले मास्क लगाई सामाजिक दूरी कायम गर्दै आयोजित सो कार्यक्रममा काठमाण्डु महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकाल, रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष सञ्जय चौधरीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement