दुर्लभ जुम्ल्याहा हात्ती ‘राम–लक्ष्मण’ भएको हजारको नयाँ नोट बजारमा

दुर्लभ जुम्ल्याहा हात्ती ‘राम–लक्ष्मण’ भएको हजारको नयाँ नोट बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकले नेपालका दुईवटा हात्तीको चित्र भएको हजारको नयाँ नोट बजारमा ल्याएको छ । यसअघि प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवति नेपालले राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको नयाँ विशेषतासहितको एक हजार रुपैयाँको नयाँ नोट आज (बुधबार) देखि बजारमा पठाएको जानकारी दिए । उनका अनुसार आज बजारमा पठाइएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहे पनि हात्तीको संख्या भने थपिएको छ । पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ति हुने गरेकोमा अब जुम्ल्याहा हात्ती नयाँ नोटमा हुनेछन् ।

तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपालकै पालामा यो नोट छपाईको कार्य सुरु भएकाले नयाँ नोटमा पनि नेपालको हस्ताक्षर छ । यसअघि नोटमा नेपालमै पाउने हात्तीको चित्र राख्नुपर्छ भनेर नोट डिजाइन कमिटीले पास गरेपछि त्यो अनुसार राष्ट्रिय प्रकृति संरक्षण विभाग, वन्यजन्तु तथा संरक्षण विभागले उपलब्ध गराएको चित्रलाई आधार बनाएर नोट छापिएको हो ।

देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको नाम ‘राम लक्ष्मण’ हो । उनीहरु अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जान प्रयोग गरिन्छन् । ६–७ वर्षदेखि नेपाली नोटमा जनावरहरु फेरिएका छन् । पाँचको नोटमा दुईवटा याक समावेश थिए । अहिले एउटा मात्र याक छ । पाँच सयको नोटमा दुईवटा बाघ थिए, अहिले चितवन राष्ट्रिय निकुञ्जको एउटामात्र बाघ राखिएको छ । सयको नोटमा पहिले एउटा गैंडाको तस्बिर भएकोमा अहिले यसमा माउ र बच्चा गैंडाको फोटो छ ।

Skip This