तीन जिल्लाका प्रहरी प्रमुख फेरिए


काठमाडौं – प्रहरी प्रधान कार्यालयले धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख परिवर्तन गरेको छ । धनुषाका एसपी गोविन्द थपलियाको ठाउँमा शेखर खनाल, धादिङमा डम्बरबहादुर विकको ठाउँमा राजकुमार वैदवार लगिएको छ ।

यस्तै सिन्धुलीका रामेश्वर यादवलाई तानेर चक्रबहादुर सिंहलाई जिम्मेवारी दिइएको छ । थपलिया ललितपुर परिसर, विक प्रहरी शिक्षालय र यादवलाई जगेडामा राखिएको छ । तानिएका तीनै जना एसपी ती जिल्लामा प्रमुख भएर गएको एक वर्ष पुरा भएको थिएन।

प्रतिक्रिया दिनुहोस
Advertisement