तीन जना डीएसपीको काज सरुवा, जाजरकोटको प्रमुखमा श्याम खत्री


काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालले तीन जना प्रहरी नायव उपरीक्षक डिएसपीहरुको काज सरुवा गरेको छ ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डिएसपी कुमोध ढुंगेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको इन्चार्जको रुपमा काज सरुवा गरिएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रमुखमा डिएसपी श्याम खत्रीको सरुवा भएको छ । जाजरकोटका कार्यरत रवीन्द्र केसी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डीएसपी धर्म भण्डारीलाई पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement