कांग्रेस कोटाका तीन प्रदेश प्रमुख पदमुक्त 

कांग्रेस कोटाका तीन प्रदेश प्रमुख पदमुक्त 


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गरेकाे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।