राष्ट्रपतिसमक्ष तीन प्रतिवेदन पेश


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन प्रतिवेदन पेश भएको छ । राष्ट्रिय महिला आयोग, समावेशी आयोग र थारु आयोगले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुली, समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमल्सेना र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसमक्ष आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement