तीन वर्षभित्र सबैको पहुँचमा विद्युत्

तीन वर्षभित्र सबैको पहुँचमा विद्युत्


काठमाडौँ – अबको तीन वर्षभित्र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा सबै नेपालीको पहुँच पुग्ने भएको छ । आउने तीन वर्षभित्र राष्ट्रिय ग्रिड सबै नेपालीसम्म पु¥याउने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिले ग्रामीण विद्युतीकरणको कामलाई तीव्ररूपमा अगाडि बढाइएको जनाइएको छ ।

प्राधिकरणका वितरण तथा व्यापार विभाग प्रमुख प्रबल अधिकारीले अबको तीन वर्षभित्र हरेक नेपालीको घरमा विद्युत् सुविधाका लागि प्राधिकरणको राष्ट्रिय ग्रिड पु¥याउने लक्ष्य लिएर प्राधिकरणले कामलाई तीव्रता दिएको जानकारी दिनुभयो । अहिले प्राधिकरणको राष्ट्रिय ग्रिडमा ८० प्रतिशत नेपालीको प्रत्यक्ष पहुँच रहेको बताउँदै उहाँले भन्नुभयो, ‘‘अबको तीन वर्षभित्र हरेक नेपालीको घरसम्म प्राधिकरणको राष्ट्रिय ग्रिड पु¥याइसक्ने छौँ ।’’

राष्ट्रिय ग्रिड जडान सम्भव नहुने क्षेत्रमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गरी बिजुली पु¥याउने लक्ष्य प्राधिकरणको रहेको उहाँले बताउनुभयो ।प्राधिकरणका प्रवक्ता अधिकारीले चालू आर्थिक वर्षभित्र नै रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा प्राधिकरणको राष्ट्रिय ग्रिड पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो । त्यसैगरी अबको तीन वर्षभित्र डोल्पा र हुम्ला जिल्लालाई राष्ट्रिय ग्रिडसँग जोड्ने लक्ष्य छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।