ठूला मान्छेका क–कसले पाए ठाउँ ?


काठमाडौं– संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत फम्र्ड पुलिस युनिट एफपियु को २३ औं टोलीमा सामेल भई हाइटी र सुडान जाने डफ्फा तयार भएको छ । तर कार्य उत्कृष्टताका आधारमा छनौट हुने भनिएको उक्त टोलीमा आइजिपीका भान्से हवल्दार आशुराम चौधरी,ड्राइभर नरेश रानादेखी प्रचण्डका पिएसओ भगवान कार्कीसम्म परेका छन् ।

व्रिष्टता र कार्यउत्कृष्टता गरि दुई खाले प्रावधानका आधारमा प्रतिस्पर्धा गर्न पाइने उक्त छनोटका लागी विभिन्न युनिटले सिफारिस गरेका उतकृष्ट प्रहरी कर्मचारी कम,भिआइपी र भिभिआइपीको सिफारिसका अधिकांश परेका छन् । एउटा डफ्फामा १४० जना पठाउँदा थप २२ जनालाई उत्कृष्टताको नाममा चयन गरिन्छ । योग्यता पुगेका मध्येबाट योग्य छान्नलाई दौड गराइन्छ । उत्कृष्टताका नाममा छानिने २२ का लागी केहि पनि गर्नु पर्देन् तर कसैले भनेको हुदैन, भनेर देखाउनका लागी यसपाली २२ जनामा पार्न पनि कुदाइए र बिचैमा फ्याँफ्याँ परेकाहरु पनि छनौटमा परेका छन् । १३८ जनालाई दौडाइयो त्यसमध्ये २२ जना उत्कृष्टको नाममा उत्तीर्ण भए । २२ मध्ये ८ जना त सई दर्जाका छन् । जो विभिन्न नेताको सुरक्षामा परिचालित छन् । बाँकी १४ जनामा आइजीका अघिपछि लाग्ने एआइजी बमबहादुर कार्की , डीआइजी केदारमनासिंह भण्डारी , मनोज नेउपानेका ड्राइभर पिए र भान्से छन् ।

केपी ओलीले प्रधानमन्त्रीमा सपथ लिएकै दिन बहाली भएका जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितलाई समेत प्रहरीले खुसि पार्न भ्याइसक्यो , यही मिसनका नाममा । लालबाबुले भनेर होइन, उनी खुसि होलान् भनेर उनका पिएसओ विष्णु भट्टराई छनोटमा परेका छन् । हाइटीका लागी प्रधानन्यायधीश गोपाल पराजुलीका पिएसओ शैलेन्द्र थापा गृहमन्त्री जनार्दन शर्माका कमलकान्त पुन, सिआइबीका आशिष कार्की खेलाडि जुमानु राई पनि अटाएका छन् । सुडानका लागी अख्तियारका कार्यवाहक प्रमुख आयुक्त नवीन राईका पिएसओ राधाकृष्ण कसजु हालिए । एमालेका शक्तिशाली नेता मानिने उपमहासचिव विष्णु पौडेलसंग लामो समयदेखि साथ रहेका मान बहादुर अधिकारी पनि सुडानमा पारिएका छन् । पौडेलसंगै बसेर उनी मिसनमा परेको यो दोस्रो पटक हो ।

अहिले हाइटीमा रहेको २२ औं टोलीको अवधि चैत्र २ गते सकिने भए पनि एक महिनाको म्याद थपेर वैशाख २ मा फर्किदैछ । प्रहरीहरुलाई एफपियु मिसनमा छनौटगर्नका लागी यूएन एफपियु छनौट निर्देशिका जारी भएको छ । तर त्यसलाई रद्धिको टोकरीमा फ्याकेर मन लाग्दी छनौट हुदै आएको छ । यस्तो हुदा गृहमन्त्री भइसकेका माओवादी नेता कृष्णबहादुर महराका भान्से छुटेका छन् । दुई साताअघि सेवानिवृत्त भएका अख्तियार प्रमुख दीप बस्न्यातका पिएसओको नाम काटेर उनीपछि कावा चलाइरहेका नवीन घिमिरेका पिएसओको नाम हालिएको छ । अख्तियार प्रमुखले सिफारिस नगरेपनि उनलाई खुसि पार्नका लागी प्रहरीले आफै उनका पएिसओहरुको नाम हाल्ने गरेको हो । महराका भान्से नपर्नुको कारणचाहिं ड्राइभर हाल्नका लागी हो । अहिले त्यहि कारण हाकिमहरुले मनोजलाई बसि खान दिएका छैनन् ।

उत्कृष्ट कार्य गर्ने प्रहरीको छनौटभित्रै उत्कृष्ट अनुसन्धानकर्ता पनि पर्छन् । तर यसपालिको छनौटमा अनुसन्धानतर्फका प्हरीहरु हिस्स परेका छन् । विभिन्न जिप्रका केन्द्रीय अनुसन्धान व्युरो लागु औषध , अपराध महाशाखाबाट अघिल्ला वर्ष अनिवार्य छनौट हुन्थ्यो तर यसपाली अपराध महाशाखाका इन्स्पेक्टर मनोज कुंवर र सिआइबीका रविन्द्रप्रताप शाह आइजीपि हुदा ठूलो दुःखले अनुमोदन गरिएको निर्देशिकालाई अहिलेका हाकिमहरुले सिँगान पुछेर फाल्न मात्र प्रयोग गरेको चर्चा हेडक्र्वाटरभित्र छ ।

छनौटका लागी बोर्ड बैठक राख्नुपर्नेमा यसपाली आइजिपी र मनोज नेउपाने बसेर टुंग्याए । यस्तो भद्रगोलका कारण छनौट समितिको सदस्य सचिव रहने युएन शाखाका एसएसपी श्याम खड्काले सहि गरेनन् । पछि उनलाई सदस्य सचिवबाट हटाइयो । यूएन शाखामै रहेका डिएसपी सविन प्रधान तालिमका लागी इटालीमा छन् । उनी प्रिस्याटमा फेल भएका थिए । युएन शाखामा गएपछि कता–कता भनसुन गरेर आफनो नाम युएनमा जानेमा हाल्न सफल भए । तर, तेस्रो र चौथो पटक मिसन गएकाहरु फेरि–फेरि जाने भन्दै एआइजी हेमन्त पालले सविनलाई हप्काए । उनैले आइजीलाई भनेर सविनको नाम काटेको भनिन्छ ।
जनआस्था साप्ताहिक

प्रतिक्रिया दिनुहोस
Advertisement