प्रहरी हिरासतमा रहेका दुई भारतीय थुनुवा फरार, प्रहरीमाथि अनुसन्धान सुरु


झापा : इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी हिरासतमा रहेका दुई भारतीय थुनुवा सोमबार राति फरार भएका छन् । हिरासत कक्षको ताला फोडेर थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।

फरार हुनेमा भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल रहेको प्रहरीले जनाएको छ । उनीहरु चोरीको आरोप लागेको विषयमा हिरासतमा राखेर प्रमाण जुटाउँदै गरेको अवस्थामा फरार भएका हुन् ।

थुनुवा भाग्नु गम्भीर कुरा भएकाले ड्युटीमा रहेका प्रहरीमाथि प्रहरी कार्यालय झापाले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस
Advertisement