त्रिभुवन विमानस्थलको आन्तरिक उडान सुचारू, अन्तर्रा्ष्ट्रिय उडान हुन केही घन्टा लाग्ने


काठमाडौं – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको आन्तरिक उडान र अवतरण ९ बजेपछि सुचारू भएको छ। मालिन्दो एयरको जहाज बिहिबार राति दुर्घटनामा परेपछि नेपालको एकमात्र अन्तर्रा्ष्ट्रिय त्रिभुवन विमानस्थल बिहिबार राति १० बजेदेखि अवरुद्ध भएको थियो।
विमानस्थलका नायब महाप्रवन्धक राजुकमार क्षेत्रीका अनुसार आन्तरिक उडानका जहाजलाई लामो रनवे नचाहिने भएकाले उत्तरतिरको रनवेबाट उडान र अवतरणको सुचारू गरिएको हो।

अन्तर्रा्ष्ट्रिय उडान सुचारू हुन भने अझै केही समय लाग्ने देखिएको छ। विमानस्थल प्रशासनले १२ बजेपछि उडान सुचारू हुन सक्ने जनाएको छ। अन्तर्रा्ष्ट्रिय उडानको लागि भने अझै केहीसमय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार १२ बजेभित्र सबै उडान र अवतरण सञ्चालन गर्नेगरी तयारी भैरहेको छ ।

काठमाडौंबाट मलेसियाको लागि उड्न लागेको मालिन्दो एयरको विमान राती धावनमार्गमा चिप्लिएपछि उडान र अवतरण अवरुद्ध भएको हो । विमानस्थल अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती पाएका छन् । बाहिरबाट आएका विमानलाई उतै फर्काइएको छ ।

बिहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि उडान अवतरण ठप्प भएको हो। रन वेबाट चिप्लिएर चौरमा पुगे पनि जहाजमा कुनै मानवीय क्षति भएको छैन।

प्रतिक्रिया दिनुहोस
Advertisement