चीनमा राष्ट्रपति सीको भ्रष्टाचार विरोधी अभियान : तिब्बत सरकारका पूर्व प्रमुख पक्राउ

चीनमा राष्ट्रपति सीको भ्रष्टाचार विरोधी अभियान : तिब्बत सरकारका पूर्व प्रमुख पक्राउ


काठमाण्डु – चीनका एक जना उच्च अधिकारी भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । नयां वर्षको सुरुमै चीनको केन्द्रीय अनुशासन निरीक्षण आयोगले तिब्बतका पूर्व गभर्नर छि चालालाई पक्राउ गरेको हो ।

कुनै बेला तिब्बत सरकारका प्रमुख समेत रहेका चाला सिचाङको स्वायत्त क्षेत्रीय कमिटीको सचिव समेत थिए । तिब्बतको प्रमुख हुनुअघि मालाले ३१ वर्ष युनानमा काम गरेका थिए ।

हाल उनि चिनियां १४ औं जनराजनीतिक परामर्शदात्रीको स्थायी समिति सदस्य तथा कृषि, ग्रामीण मामिला समितिका उपनिर्देशक थिए । उनले चिनियां राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा काठमाण्डौंको भ्रमण समेत गरेका थिए ।

उनलाई अनुसन्धानको लागि पक्राउ गरिएको छ । चीनमा राष्ट्रपति सी जिनफिङले भ्रष्टाचार विरोधी अभियानलाई तिव्रता दिएका छन् । यसै वर्ष मात्र एक दर्जन उच्च अधिकारीहरु भ्रष्टचारको आरोपमा पक्राउ गरिसकेका छन् ।