बाघले शिक्षकलाई खाएपछि खुट्टा र टाउको मात्र फेला


एजेन्सी – भारतको मध्य प्रदेशमा एक शिक्षकलाई बाघले खाईदिएको छ ।

बाघ आरक्ष क्षेत्रनजिक च्याउ टिपिरहेका बेला मंगलवार मनोज धुर्वे नामक २३ वर्षीय शिक्षकलाई बाघले घिसार्दै लगेर खाइदिएको हो ।

ती शिक्षकको टाउको र गोडा मात्र फेला परेको छ । मंगलवारको साँझ उनको भौतिक अवशेष जंगलको घटना भागमा फेला परेपछि उक्त क्षेत्रमा त्रासको वातावरण छाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement