चर्चित जोडी टाइगर र दिशाको प्रेम सम्बन्धमा ‘ब्रेकअप’


एजेन्सी – लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बलिउडका चर्चित अभिनेता टाइगर श्राप र अभिनेत्री दिशा पटानीबीच ‘ब्रेक अप’ भएको छ ।

उनीहरुको ‘ब्रेक अप’ भएको भारतीय सञ्चार मायमहरुले समाचार सार्वजनिक गरेका छन् । विगत तीन वर्षदेखि डेट गरिरहेका यो जोडीको प्रेम सम्बन्ध भने गोप्य थियो । दुवैले आफुहरु एक मिल्ने साथी मात्र भएको बताउँदै प्रेम सम्बन्ध अस्वीकार गर्दै आएका थिए ।

टाइगर र दिशाको सम्बन्ध पछिल्लो समय अलि उतारचढावपूर्ण थियो । उतारचढावपूर्ण सम्बन्धलाई अगाडि बढाउन भन्दा आफ्नोआफ्नो बाटो लाग्नु उत्तम हुने निर्णयमा पुगेपछि उनीहरुबीच सहमतिमै ब्रेक अफ भएको बताईएको छ । यो जोडी बलिउडको आदर्श जोडीका रुपमा परिचित थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement